Friday, February 19, 2016

मन छुने शब्द को साथमा नेपाली संगीत लाई छुतै उचाइ मा पुर्याउने जमर्को------ खै:- BARTIKA EAM RAI


खै: - BARTIKA EAM RAI

मन छुने शब्द को साथमा नेपाली संगीत लाई छुतै उचाइ मा पुर्याउने जमर्को,



बिहानी सबेरै
जुरुक्क उठेर
दुगुर्छौ खै के
लक्ष्य समात्न;

हेरन आफुलाई तिमी
कती भयो खुलेर हासेको
कती भयो निर्धक्क बचेको



प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री गच्छदारलाई

फाल्गुन ७, २०७२- राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारलाई सुम्पेकी छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा वरिष्ठ उपप्रधानमन्त्री गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।


http://bit.ly/1SEzj14

अनेरास्ववियुमा नविना लामाको सुरुवाती अग्रता

अनेरास्ववियुमा नविना लामाको सुरुवाती अग्रता

फाल्गुन ७, २०७२- एमाले निकट अनेरास्ववियुको जारी मतगणनामा अध्यक्षमा नविना लामाले अग्रता लिएकी छन् ।
संस्थापन समूहकी लामाले उपत्यकाको १८० मत गन्दा ९६ मत पाएकी छन् । माधव नेपाल समूहका दीपक गौतमले ८१ मत पाए । पदाधिकारीमा पनि नविना समूहले नै अग्रता लिएको छ ।
महासचिवमा भने गौतम समूहका अब्दुल हुसेन खाँले नविना समूहका ऐन महरलाई पछाडि पारेका छन् । महासचिवमा अब्दुलले ९३ र ऐनले ८२ मत पाए । मतगणना जारी छ ।

प्रकाशित: फाल्गुन ७, २०७२


http://bit.ly/1TqH8pT

Motivational Seminar With Saunak Bhatta

Hey, I wanna be a singer actually. I wanna be a guitarist. When I play guitar I feel like that is where I belong. And when I sing a song, my be in the bathroom or maybe in my bedroom, I feel like a fish, that swims in the sea. I feel like an eagle, that flies in the sky. That is what I feel. That is my paradise or heaven. But you know what? Brother while I am playing guitar someone comes and knocks on my door and asks "Oye, Padhnu Pardaina (Oye, Don't you have to study). Even while I wanna be a guitarist, all my dream, it fades away, all my hope, it goes away, all my imagination it breaks down into pieces, and all my dream falls all apart. Where I belong I can't be there.

Monday, February 15, 2016

मोटोपन घटाउन चाहनुहुन्छ, सुत्नुअघि गर्नुहोस् यी पाँच काम

मोटोपन एउटा यस्तो बिरामी हो
जसले साथमा अन्य कयौं बिरामीहरु
बोकेर आउँछ । यसर्थ मोटोपनलाई रोग
लुकाउने पर्दा पनि भन्ने गरिन्छ । यदि
यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने
मान्छे बिस्तारै बिस्तारै मृत्यूको
मुखतर्फ अगाडि बढ्न थाल्दछ ।

महिला फुटबलमा नेपाल भारतसँग ०-४ गोलले पराजित

महिला फुटबलमा नेपाल भारतसँग ०-४ गोलले पराजित
काठमाडाैं-१२ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा नेपाल भारतसँग ०-४ गोलले पराजित भएको छ।
हारसँगै नेपाल रजत पदकमा खुम्चेको छ।
भारतका लागि कमलादेवीले २, अाशालता र बालादेविले १-१ गोल गरे।
भारतको गुवाहाटीमा खेल सम्पन्न भएको हो। अाजै पुरूष तर्फको फुटबल फाइनल खेल नेपाली समय अनुसार ७ः१५ बजे नेपाल र भारतबीच हुँदैछ।

भाइ भेट्न माइती गएकी गंगालाई ज्युँदै जलाएर हत्या

भाइ भेट्न माइती गएकी गंगालाई ज्युँदै जलाएर हत्या

ललितबहादुर बुढा ।
सुर्खेत, फागुन २ – पूर्वी सुर्खेतमा महिलालाई जलाएर हत्या गरिएको छ। भेरीगंगा नगरपालिका-१४ निवासी ४३ वर्षीया गंगा थापालाई जलाएर हत्या गरिएको रहस्य खुलेको छ ।
image
भाइलाई भेट्न माइती आएकी कल्याण पुगेकी थापालाई गत माघ १४ गते स्थानीय स्याउली बजारमा जलाइएको भएपनि घटना ढिला मात्र बाहिर आएको हो। मृतक गंगाको शरीरको ९० प्रतिशत भाग जलेको छ।
हत्याको आरोपमा प्रहरीले कल्याण निवासी ललिता कालुङ्गलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामघाटले ललितासँगै गोविन्द थापा, डिलबहादुर कालुङ्ग र रमेश विकलाई पनि पक्राउ गरेको भएपनि ललिताले आफू मात्र घटनामा संलग्न भएको बताएपछि प्रहरीले बाँकी तीन जनालाई तारिखमा छोडेको छ।
प्रहरीले हत्यामा संलग्नहरुलाई कारबाही गर्न आलटाल गरेको भन्दै मृतकका आफन्तहरु न्याय माग्दै आइतवार सदरमुकाम वीरेन्द्रनगर आएका छन्। उनीहरुले गंगाको हत्यामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्दै सबैलाई कारबाही गर्न माग गरेका छन्।
ललिता एक्लैले हत्या गर्न नसक्ने भन्दै पीडितहरुले अन्यलाई पनि कानूनी दायरमा ल्याउन माग गरे। हत्या गरिएकी गंगाका पति कर्णबहादुर थापाले गंगाको शरिरमा पेट्रोल छर्केर आगो लगाएको बताए।
माघ १४ गते गंगालाई शरिर पुरै जलेको अवस्थामा आफन्तले उद्धार गरेर वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज हुँदै पाल्पामा रहेको मिसन अस्पतालमा लगिएको थियो।
उपचारकै क्रममा गंगाको माघ १७ गते अस्पतालमै मृत्यु भएको परिवारले जनाएको छ। प्रहरीका अनुसार गंगाको ९० प्रतिशत शरिरको भाग आगोले जलेको थियो।
गंगाको मृत्युपछि आफन्तले माघ १८ गते नै रामघाट प्रहरीमा दोषीलाई कारवाहीको माग गर्दै उजूरी दिएका थिए। प्रहरीले सूरुमा चार जनालाई नै पक्राउ गरे पनि बाँकी तीन जनालाई छोडेपछि घटना थप रहस्यमय भएको आफन्तको आरोप छ।
गंगालाई किन जलाइयो भन्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकका आफन्तहरुले समेत घटनाको कारण थाहा नभएको बताए । मृतकका पति कर्णले गंगाको शरिरमा कपडा समेत नभएको आवस्थामा आफूहरुले फेला पारेको बताए।
दोर्षलाई कारबाही गर्नुको साटो प्रहरीले पक्राउ गरेर छोडेको भन्दै पीडित परिवारले आफूहरुमाथि अन्याय भएको गुनासो पोखे। यता इलाका प्रहरी कार्यालय छिन्चुले भने हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने जनाएको छ। कार्यालयका प्रहरी निरिक्षक जयसिंह विष्टले घटनामा संलग्न चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको समेत जानकारी दिए।
घटनाका मुख्य आरोपी ललितालाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ। घटनाको थप अनुसन्धान जारी रहेको भन्दै उनले अपराधीहरु कानूनबाट उम्कन नसक्ने बताए।
-स्रोत-अन्नपूर्णपोष्ट

Friday, February 12, 2016

काठमाडौमा गोली शृंखला । तीन वर्षपछि चल्यो प्रहरीको गोली

2014-08-08-17-55-04-shot-out-at-kathmandu.jpg
काठमाडौं । उपत्यकामा बुधबार तीन वर्षपछि प्रहरीतर्फबाट गोली चलेको हो। व्यापारीलाई अपहरण गरेर होटलमा बन्धक बनाएको सूचनाका आधारमा अपराध महाशाखा टोलीले २०६८ भदौ १३ मा सोह्रखुट्टेमा रहेको होटल सैलुङमा गोली चलाउँदा शीतल तुलाधर घाइते भएका थिए।


व्यापारीलाई अपहरणमुक्त गर्न जाँदा प्रहरी टोलीमाथि आक्रमण भएपछि गोली चलाएको प्रहरी दाबी थियो। गोली लागेका तुलाधरको ज्यान त जोगियो, तर उनी अपांग भए।


त्यसअघि २०६७ जेठ ७ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजु पुलमा गोली हान्दा शिव खड्का घाइते भएका थिए। पेटमा गोली लागेका उनको ज्यान जोगियो। उनी लुटपाटमा सक्रिय रहेकाले पक्राउ गर्न जाँदा प्रहरीलाई गोली हानेकाले प्रतिकार गरेको प्रहरीले जनाएको थियो।


२०६७ मै धापासीको ग्रिनलाइन क्षेत्रमा प्रहरीको गोली लागेर दुईजना मारिएका थिए। स्वयम्भुका ११ वर्षीय बालकको अपहरणमा संलग्न समूहको खोजीमा खटिएको अपराध महाशाखाकै टोलीले गोली चलाउँदा उनीहरू मारिएका थिए। प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा प्रविन तामाङसहित ११ जनालाई पक्राउ गरेको थियो।




२०६६ वैशाख ८ मा दरबारमार्गमा गोली चलाएर फरार रहेका कुमार घैंटेलाई पक्राउ गर्न प्रहरीले गोली हानेको थियो। दरबारमार्गको विन्पी क्याफेमा गोली हानेपछि फरार रहेको अभियोगमा उनलाई प्रहरीले खोजेको थियो। लाजिम्पाटको होटल शंकरको स्विमिङ पुलमा रहेका घैंटेलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग , तत्कालीन प्रभागको टोलीले गोली हान्दा तिघ्रामा लागेर घाइते भएका थिए।

भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा

2015-03-26-17-13-52-australia-win.jpg
विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको छ। अस्ट्रेलियाको ३२९ रन पछ्याएको भारत ४६।५ ओभरमा अल आउट हुँदै २३३ रनमा समेटिएको छ।




यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२८ रन बनाएको थियो।


चार पटक विश्व च्याम्पियन अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक १०५ रन बनाए। भारतका लागि उमेश यादवले ४ विकेट लिए।


अब उपाधिका लागि अष्ट्रेलियाले आइतबार हुने फाइनलमा अर्को घरेलु टोली न्यूजिल्याण्डको सामना गर्नेछ।

भूकम्प प्रतिरोधी घरको डिजाइन

2015-05-14-10-10-12-earth-quake-resistance-house.jpg
सरकारले भूकम्पबाट घर गुमाएकाहरूका लागि सस्तो र भूकम्प प्रतिरोधी गरेको डिजाइन तयार परेको छ । राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयले तयार पारेको उक्त डिजाइन आइतबारसम्ममा मन्त्रिपरिषद्मा बुझाउनेछ ।




आयोगका उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार डिजाइनका विषयलाई दुई संस्थाले भने पारित गरिसकेका छन् । ‘बुधबार बसेको आयोग तथा मन्त्रालयको बैठकले डिजाइनलाई स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘यी डिजाइन भविष्यमा अन्य घर बनाउनका लागि पनि प्रयोग गर्न सकिने खालका छन् ।’




यसरी तयार पारिएको डिजाइनअनुसार प्रभावित स्वयंले घर बनाउनुपर्नेछ । त्यसमा घर गुमाएकालाई सरकारले दिने रकमको उपयोग गर्न सकिने पोखरेलले बताए । धेरैलाई सरकारले घरै बनाइदिने भन्ने भ्रम परेकाले त्यसमा नझुक्किन पोखरलले आग्रह गरेका छन् । ‘सरकारले घर बनाएर दिने होइन,’ उनले भने, ‘केही सहयोग सरकारले गर्छ । अरू केही मेहनत आफैं गर्नुपर्छ ।’




सस्तो र भूकम्प प्रतिरोधात्मक घरका लागि कुनै नयाँ खालका सामग्री प्रयोग गर्न जरुरी छैन । छानाका लागि टेन्ट या जस्ताको प्रयोग गर्ने र बिम तथा अन्य भागमा काठ, बाँस र पाइपको प्रयोग गर्न सकिने छ । ‘अल्पकालीन योजनाअन्तर्गत बनाइने घर धेरै अग्ला हुने छैनन्,’ पोखरेलले भने । अहिले डिजाइन गरिएका घरहरू छोटो समयका लागि हुनेछ । पोखरेलका अनुसार वर्षामा समस्या नहोस् भनेर तत्कालका लागि यो विकल्पमा काम गरिएको हो । ‘दीर्घकालीन योजनाअन्तर्गतका घरका डिजाइन दुई महिनाभित्र सरकारलाई बुझाउने लक्ष्य छ,’ उनले भने । इन्जिनियरका अनुसार काठको सिलिङ र धेरै भागमा काठको प्रयोग गरिएका घरहरू नभत्कने खालका हुन्छन् ।




पोखरेलका अनुसार अनुभवी इन्जिनियरहरूको सहयोगबाट डिजाइन बनाइएकाले यस्ता घरमा बस्नेहरू सुरक्षित रहनेछन् । वैशाख १२ यता बारम्बार आएको भूकम्पका झट्काका कारण मुलुकभर पूर्ण र आंशिक रूपमा गरी झन्डै पाँच लाख घर ध्वस्त भएका छन् । यसमध्ये २ लाख ८८ हजार घर पूर्ण क्षतिग्रस्त छन् ।




सरकारले घर बनाउन २ लाख रुपैयाँ राहतको घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पका कारण क्षतिग्रस्त भएका घरमध्ये पूर्ण रूपमा नभत्केको तर बस्नयोग्य नभएको घर भत्काएर भूकम्प प्रतिरोधात्मक घर बनाउन चाहनेलाई पनि राहत पाउने सूचना सार्वजनिक गरिसकेको छ ।




‘हामीले तयार पारेको डिजाइन अनुसारको घर बनाउन सानो परिवारका लागि सरकारले दिने राहत पर्याप्त हुन्छ,’ उनले भने, ‘ठूलो परिवारका लागि रकम नपुगे सस्तो ब्याजदरको ऋण पनि पाउनेछन् ।’




नेपाल राष्ट्र बैंकले भूकम्प पीडितका लागि आवश्यक व्यवस्थापन गर्न २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठका अनुसार यसको कार्यविधि बनिरहेको छ ।




दीर्घकालीन योजनाअन्तर्गत भने आयोग र सहरी विकास मन्त्रालय भूकम्प प्रतिरोधात्मक घरको क्याटलग तयार गर्ने जानकारी उनले दिए । घरको बाहिरी आवरण कस्तो देखाउने त्यसको निर्णय घरधनी आफैंले गर्न सक्नेछन् ।




नेपाल भूकम्पीय जोखिममा रहेको बारम्बार सार्वजनिक भइरहे पनि घरधनी, इन्जिनियर र सरकारी अधिकारी स्वयंले चासो देखाएका थिएनन् । त्यसैले यसपालिको भूकम्पमा धेरै विनाश भएको छ । अब भने सरकारले भूकम्प प्रतिरोधात्मक संरचनामा कडाइ गर्नुपर्ने माग भइरहेको छ ।