Friday, February 19, 2016

मन छुने शब्द को साथमा नेपाली संगीत लाई छुतै उचाइ मा पुर्याउने जमर्को------ खै:- BARTIKA EAM RAI


खै: - BARTIKA EAM RAI

मन छुने शब्द को साथमा नेपाली संगीत लाई छुतै उचाइ मा पुर्याउने जमर्को,



बिहानी सबेरै
जुरुक्क उठेर
दुगुर्छौ खै के
लक्ष्य समात्न;

हेरन आफुलाई तिमी
कती भयो खुलेर हासेको
कती भयो निर्धक्क बचेको



प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री गच्छदारलाई

फाल्गुन ७, २०७२- राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारलाई सुम्पेकी छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा वरिष्ठ उपप्रधानमन्त्री गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।


http://bit.ly/1SEzj14

अनेरास्ववियुमा नविना लामाको सुरुवाती अग्रता

अनेरास्ववियुमा नविना लामाको सुरुवाती अग्रता

फाल्गुन ७, २०७२- एमाले निकट अनेरास्ववियुको जारी मतगणनामा अध्यक्षमा नविना लामाले अग्रता लिएकी छन् ।
संस्थापन समूहकी लामाले उपत्यकाको १८० मत गन्दा ९६ मत पाएकी छन् । माधव नेपाल समूहका दीपक गौतमले ८१ मत पाए । पदाधिकारीमा पनि नविना समूहले नै अग्रता लिएको छ ।
महासचिवमा भने गौतम समूहका अब्दुल हुसेन खाँले नविना समूहका ऐन महरलाई पछाडि पारेका छन् । महासचिवमा अब्दुलले ९३ र ऐनले ८२ मत पाए । मतगणना जारी छ ।

प्रकाशित: फाल्गुन ७, २०७२


http://bit.ly/1TqH8pT

Motivational Seminar With Saunak Bhatta

Hey, I wanna be a singer actually. I wanna be a guitarist. When I play guitar I feel like that is where I belong. And when I sing a song, my be in the bathroom or maybe in my bedroom, I feel like a fish, that swims in the sea. I feel like an eagle, that flies in the sky. That is what I feel. That is my paradise or heaven. But you know what? Brother while I am playing guitar someone comes and knocks on my door and asks "Oye, Padhnu Pardaina (Oye, Don't you have to study). Even while I wanna be a guitarist, all my dream, it fades away, all my hope, it goes away, all my imagination it breaks down into pieces, and all my dream falls all apart. Where I belong I can't be there.

Monday, February 15, 2016

मोटोपन घटाउन चाहनुहुन्छ, सुत्नुअघि गर्नुहोस् यी पाँच काम

मोटोपन एउटा यस्तो बिरामी हो
जसले साथमा अन्य कयौं बिरामीहरु
बोकेर आउँछ । यसर्थ मोटोपनलाई रोग
लुकाउने पर्दा पनि भन्ने गरिन्छ । यदि
यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने
मान्छे बिस्तारै बिस्तारै मृत्यूको
मुखतर्फ अगाडि बढ्न थाल्दछ ।

महिला फुटबलमा नेपाल भारतसँग ०-४ गोलले पराजित

महिला फुटबलमा नेपाल भारतसँग ०-४ गोलले पराजित
काठमाडाैं-१२ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा नेपाल भारतसँग ०-४ गोलले पराजित भएको छ।
हारसँगै नेपाल रजत पदकमा खुम्चेको छ।
भारतका लागि कमलादेवीले २, अाशालता र बालादेविले १-१ गोल गरे।
भारतको गुवाहाटीमा खेल सम्पन्न भएको हो। अाजै पुरूष तर्फको फुटबल फाइनल खेल नेपाली समय अनुसार ७ः१५ बजे नेपाल र भारतबीच हुँदैछ।

भाइ भेट्न माइती गएकी गंगालाई ज्युँदै जलाएर हत्या

भाइ भेट्न माइती गएकी गंगालाई ज्युँदै जलाएर हत्या

ललितबहादुर बुढा ।
सुर्खेत, फागुन २ – पूर्वी सुर्खेतमा महिलालाई जलाएर हत्या गरिएको छ। भेरीगंगा नगरपालिका-१४ निवासी ४३ वर्षीया गंगा थापालाई जलाएर हत्या गरिएको रहस्य खुलेको छ ।
image
भाइलाई भेट्न माइती आएकी कल्याण पुगेकी थापालाई गत माघ १४ गते स्थानीय स्याउली बजारमा जलाइएको भएपनि घटना ढिला मात्र बाहिर आएको हो। मृतक गंगाको शरीरको ९० प्रतिशत भाग जलेको छ।
हत्याको आरोपमा प्रहरीले कल्याण निवासी ललिता कालुङ्गलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामघाटले ललितासँगै गोविन्द थापा, डिलबहादुर कालुङ्ग र रमेश विकलाई पनि पक्राउ गरेको भएपनि ललिताले आफू मात्र घटनामा संलग्न भएको बताएपछि प्रहरीले बाँकी तीन जनालाई तारिखमा छोडेको छ।
प्रहरीले हत्यामा संलग्नहरुलाई कारबाही गर्न आलटाल गरेको भन्दै मृतकका आफन्तहरु न्याय माग्दै आइतवार सदरमुकाम वीरेन्द्रनगर आएका छन्। उनीहरुले गंगाको हत्यामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्दै सबैलाई कारबाही गर्न माग गरेका छन्।
ललिता एक्लैले हत्या गर्न नसक्ने भन्दै पीडितहरुले अन्यलाई पनि कानूनी दायरमा ल्याउन माग गरे। हत्या गरिएकी गंगाका पति कर्णबहादुर थापाले गंगाको शरिरमा पेट्रोल छर्केर आगो लगाएको बताए।
माघ १४ गते गंगालाई शरिर पुरै जलेको अवस्थामा आफन्तले उद्धार गरेर वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज हुँदै पाल्पामा रहेको मिसन अस्पतालमा लगिएको थियो।
उपचारकै क्रममा गंगाको माघ १७ गते अस्पतालमै मृत्यु भएको परिवारले जनाएको छ। प्रहरीका अनुसार गंगाको ९० प्रतिशत शरिरको भाग आगोले जलेको थियो।
गंगाको मृत्युपछि आफन्तले माघ १८ गते नै रामघाट प्रहरीमा दोषीलाई कारवाहीको माग गर्दै उजूरी दिएका थिए। प्रहरीले सूरुमा चार जनालाई नै पक्राउ गरे पनि बाँकी तीन जनालाई छोडेपछि घटना थप रहस्यमय भएको आफन्तको आरोप छ।
गंगालाई किन जलाइयो भन्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकका आफन्तहरुले समेत घटनाको कारण थाहा नभएको बताए । मृतकका पति कर्णले गंगाको शरिरमा कपडा समेत नभएको आवस्थामा आफूहरुले फेला पारेको बताए।
दोर्षलाई कारबाही गर्नुको साटो प्रहरीले पक्राउ गरेर छोडेको भन्दै पीडित परिवारले आफूहरुमाथि अन्याय भएको गुनासो पोखे। यता इलाका प्रहरी कार्यालय छिन्चुले भने हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने जनाएको छ। कार्यालयका प्रहरी निरिक्षक जयसिंह विष्टले घटनामा संलग्न चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको समेत जानकारी दिए।
घटनाका मुख्य आरोपी ललितालाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ। घटनाको थप अनुसन्धान जारी रहेको भन्दै उनले अपराधीहरु कानूनबाट उम्कन नसक्ने बताए।
-स्रोत-अन्नपूर्णपोष्ट

Friday, February 12, 2016

काठमाडौमा गोली शृंखला । तीन वर्षपछि चल्यो प्रहरीको गोली

2014-08-08-17-55-04-shot-out-at-kathmandu.jpg
काठमाडौं । उपत्यकामा बुधबार तीन वर्षपछि प्रहरीतर्फबाट गोली चलेको हो। व्यापारीलाई अपहरण गरेर होटलमा बन्धक बनाएको सूचनाका आधारमा अपराध महाशाखा टोलीले २०६८ भदौ १३ मा सोह्रखुट्टेमा रहेको होटल सैलुङमा गोली चलाउँदा शीतल तुलाधर घाइते भएका थिए।


व्यापारीलाई अपहरणमुक्त गर्न जाँदा प्रहरी टोलीमाथि आक्रमण भएपछि गोली चलाएको प्रहरी दाबी थियो। गोली लागेका तुलाधरको ज्यान त जोगियो, तर उनी अपांग भए।


त्यसअघि २०६७ जेठ ७ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजु पुलमा गोली हान्दा शिव खड्का घाइते भएका थिए। पेटमा गोली लागेका उनको ज्यान जोगियो। उनी लुटपाटमा सक्रिय रहेकाले पक्राउ गर्न जाँदा प्रहरीलाई गोली हानेकाले प्रतिकार गरेको प्रहरीले जनाएको थियो।


२०६७ मै धापासीको ग्रिनलाइन क्षेत्रमा प्रहरीको गोली लागेर दुईजना मारिएका थिए। स्वयम्भुका ११ वर्षीय बालकको अपहरणमा संलग्न समूहको खोजीमा खटिएको अपराध महाशाखाकै टोलीले गोली चलाउँदा उनीहरू मारिएका थिए। प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा प्रविन तामाङसहित ११ जनालाई पक्राउ गरेको थियो।




२०६६ वैशाख ८ मा दरबारमार्गमा गोली चलाएर फरार रहेका कुमार घैंटेलाई पक्राउ गर्न प्रहरीले गोली हानेको थियो। दरबारमार्गको विन्पी क्याफेमा गोली हानेपछि फरार रहेको अभियोगमा उनलाई प्रहरीले खोजेको थियो। लाजिम्पाटको होटल शंकरको स्विमिङ पुलमा रहेका घैंटेलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग , तत्कालीन प्रभागको टोलीले गोली हान्दा तिघ्रामा लागेर घाइते भएका थिए।

भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा

2015-03-26-17-13-52-australia-win.jpg
विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको छ। अस्ट्रेलियाको ३२९ रन पछ्याएको भारत ४६।५ ओभरमा अल आउट हुँदै २३३ रनमा समेटिएको छ।




यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२८ रन बनाएको थियो।


चार पटक विश्व च्याम्पियन अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक १०५ रन बनाए। भारतका लागि उमेश यादवले ४ विकेट लिए।


अब उपाधिका लागि अष्ट्रेलियाले आइतबार हुने फाइनलमा अर्को घरेलु टोली न्यूजिल्याण्डको सामना गर्नेछ।

भूकम्प प्रतिरोधी घरको डिजाइन

2015-05-14-10-10-12-earth-quake-resistance-house.jpg
सरकारले भूकम्पबाट घर गुमाएकाहरूका लागि सस्तो र भूकम्प प्रतिरोधी गरेको डिजाइन तयार परेको छ । राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयले तयार पारेको उक्त डिजाइन आइतबारसम्ममा मन्त्रिपरिषद्मा बुझाउनेछ ।




आयोगका उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार डिजाइनका विषयलाई दुई संस्थाले भने पारित गरिसकेका छन् । ‘बुधबार बसेको आयोग तथा मन्त्रालयको बैठकले डिजाइनलाई स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘यी डिजाइन भविष्यमा अन्य घर बनाउनका लागि पनि प्रयोग गर्न सकिने खालका छन् ।’




यसरी तयार पारिएको डिजाइनअनुसार प्रभावित स्वयंले घर बनाउनुपर्नेछ । त्यसमा घर गुमाएकालाई सरकारले दिने रकमको उपयोग गर्न सकिने पोखरेलले बताए । धेरैलाई सरकारले घरै बनाइदिने भन्ने भ्रम परेकाले त्यसमा नझुक्किन पोखरलले आग्रह गरेका छन् । ‘सरकारले घर बनाएर दिने होइन,’ उनले भने, ‘केही सहयोग सरकारले गर्छ । अरू केही मेहनत आफैं गर्नुपर्छ ।’




सस्तो र भूकम्प प्रतिरोधात्मक घरका लागि कुनै नयाँ खालका सामग्री प्रयोग गर्न जरुरी छैन । छानाका लागि टेन्ट या जस्ताको प्रयोग गर्ने र बिम तथा अन्य भागमा काठ, बाँस र पाइपको प्रयोग गर्न सकिने छ । ‘अल्पकालीन योजनाअन्तर्गत बनाइने घर धेरै अग्ला हुने छैनन्,’ पोखरेलले भने । अहिले डिजाइन गरिएका घरहरू छोटो समयका लागि हुनेछ । पोखरेलका अनुसार वर्षामा समस्या नहोस् भनेर तत्कालका लागि यो विकल्पमा काम गरिएको हो । ‘दीर्घकालीन योजनाअन्तर्गतका घरका डिजाइन दुई महिनाभित्र सरकारलाई बुझाउने लक्ष्य छ,’ उनले भने । इन्जिनियरका अनुसार काठको सिलिङ र धेरै भागमा काठको प्रयोग गरिएका घरहरू नभत्कने खालका हुन्छन् ।




पोखरेलका अनुसार अनुभवी इन्जिनियरहरूको सहयोगबाट डिजाइन बनाइएकाले यस्ता घरमा बस्नेहरू सुरक्षित रहनेछन् । वैशाख १२ यता बारम्बार आएको भूकम्पका झट्काका कारण मुलुकभर पूर्ण र आंशिक रूपमा गरी झन्डै पाँच लाख घर ध्वस्त भएका छन् । यसमध्ये २ लाख ८८ हजार घर पूर्ण क्षतिग्रस्त छन् ।




सरकारले घर बनाउन २ लाख रुपैयाँ राहतको घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पका कारण क्षतिग्रस्त भएका घरमध्ये पूर्ण रूपमा नभत्केको तर बस्नयोग्य नभएको घर भत्काएर भूकम्प प्रतिरोधात्मक घर बनाउन चाहनेलाई पनि राहत पाउने सूचना सार्वजनिक गरिसकेको छ ।




‘हामीले तयार पारेको डिजाइन अनुसारको घर बनाउन सानो परिवारका लागि सरकारले दिने राहत पर्याप्त हुन्छ,’ उनले भने, ‘ठूलो परिवारका लागि रकम नपुगे सस्तो ब्याजदरको ऋण पनि पाउनेछन् ।’




नेपाल राष्ट्र बैंकले भूकम्प पीडितका लागि आवश्यक व्यवस्थापन गर्न २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठका अनुसार यसको कार्यविधि बनिरहेको छ ।




दीर्घकालीन योजनाअन्तर्गत भने आयोग र सहरी विकास मन्त्रालय भूकम्प प्रतिरोधात्मक घरको क्याटलग तयार गर्ने जानकारी उनले दिए । घरको बाहिरी आवरण कस्तो देखाउने त्यसको निर्णय घरधनी आफैंले गर्न सक्नेछन् ।




नेपाल भूकम्पीय जोखिममा रहेको बारम्बार सार्वजनिक भइरहे पनि घरधनी, इन्जिनियर र सरकारी अधिकारी स्वयंले चासो देखाएका थिएनन् । त्यसैले यसपालिको भूकम्पमा धेरै विनाश भएको छ । अब भने सरकारले भूकम्प प्रतिरोधात्मक संरचनामा कडाइ गर्नुपर्ने माग भइरहेको छ ।

Ushu Player Sabita Rai Victim of Fraud In Game

The 12th South Asian Games is being held in Guwahati, Assam and Shillong, Meghalaya, India in 2016. The Govt. of India in consultation with the Indian Olympic Association has formed the Organising Committee and Executive Committee for the planning, management and execution of the Games.South Asian Games 2016 Nepal Football team is having a match against Bhutan in the South Asian Games. After winning the first match Nepali team has been planning to make its position fixed in the semi-final match. After making Nepal Proud and winning  the glorious trophy in BangaBandhu Football game held in Bangladesh Nepali team has a great target in winning the first game against Bhutan in 12th South Asian Games.Before this match Nepal had played a friendly match against Bhutan five years back in pokhara,the result of the match was on behalf of Nepal with the score of 2-0. At the end of the match between Bhutan Nepal has scored 5 goals against Bhutan and had a glorious Win in the first match.Watch the Highlights of the video and enjoy. 

पूर्वसांसद चौधरीको निधन

कलैया, २८ माघ । पूर्वसांसद सोहनप्रसाद चौधरीको काठमाडौँमा उपचारका क्रममा मङ्गलबार निधन भएको छ ।
कम्युनिस्ट आन्दोलनका अगुवा, स्वच्छ र इमान्दार नेता बारा गडहल–५ निवासी ६९ वर्षीय चौधरी विसं २०४८ साल र ०५६ सालको संसदीय निर्वाचनमा नेकपा (एमाले) बाट बारा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।
चौधरीको मधुमेह रोगबाट पीडित भई लामो समयदेखि त्रिवि शिक्षण अस्पताल काठमाडाँैमा उपचार भइरहेको थियो ।

Thursday, February 11, 2016

गोली प्रहारबाट युवकको मृत्यु

गोली प्रहारबाट युवकको मृत्यु

तौलिहवा (कपिलवस्तु), २८ माघ । वाणगङ्गा नगरपालिका–१० जितपुरमा एक अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीयवासी राजेश सेनको मृत्यु भएको छ ।
छातीमा गोली लागी गम्भीर भएका ३७ वर्षीय सेनको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले बताउनुभयो । सेन जितपुर ४ नं चोकमा नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बनाएको मञ्च नजिकै बसिरहेकामा उनलाई ताकेरै रातो रङको मोटरसाइकलमा आएका दुई युवकमध्ये एकले जमिन उत्रेर चार राउन्ड जति गोली प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।
साँझ ७ः३० बजे नं प्लेट नभएको मोटरसाइकलमा आएका व्यक्तिले सेनमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारसँगै स्थानीय युवाले घटनास्थल जितपुर चोकमा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । स्थिति तनावपूर्ण छ । अहिले सो क्षेत्रमा यातायात बन्द रहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताउनुभयो । सेनको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ । रासस

मधेसी जनजातीले अधिकार नपाएसम्म आन्दोलन जारीः यादव

मधेसी जनजातीले अधिकार नपाएसम्म आन्दोलन जारीः यादव

yadavवीरगन्ज, २७ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट भिषण आन्दोलनको त्यारी भइरहेका बताएका छन् ।
बुधबार पार्टीले बाराको देवापुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा नेता यादवले यस्तो चेतावनी दिएका हुन् । उनले दुइसय बर्षदेखि शोषित रहेका मधेसी तथा पहाड हिमालका जनजातीले अधिकार नपाउनजेलसम्म आफुहरूको आन्दोलन चलीरहने बताए । नेता यादवले भने, ‘आन्दोलन तुहयो भनेर शासकहरू रमाइ रहेका छन्, तर आउने समयमा मधेसमा मात्र होइन पहाडबाट पनि आन्दोनलको आधी आउदै छ ।’
आन्दोलन समाप्त नभएको बताउदै उनले स्वरूप मात्र परिवर्तन भएको बताए । मधेस आन्दोलनले शासकहरूको डाढ भाची सकेको र अब ढलने मात्र बाकी रहेको बताउदै नेता यादवले भने, ‘शुसिल कोइराला जानु भयो तर मधेसको अधिकार खोसेर, अब अर्काको पनि पालो छ । तर हाम्रो आन्दोलन जारी रहने छ ।’ उनले मधेसमा मधेसी र केन्द्रमाको शासनमा पनि आधीको हिसेदारीको लागी आफुहरूको आन्दोनल जारी रहेको बताए । ३कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष लालबाबु राउत गदी, केन्द्रिय सदस्य करिमा बेगम, प्रमोद गुप्ता, राजकिशोर यादव, रामबाबु यादव, बिरेन्द्र यादव, बच्चा यादव, बबन सिंह, राजकिशोर यादव, बालकिसोर यादव, बाराका जिल्ला अधयक्ष रामबाबु यादव र पर्साका अध्यक्ष प्रदीप यादव लगायतका नेताहरूले पार्टी प्रवेश गरकाहरूलाइ स्वागत गर्दै आन्दोलनलाइ अझ शसक्त बनाइने कुरामा जोड दिएका थिए ।
बारा जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा बारा जिल्ला बिकास समितिका पूर्व सभापति प्रयाग राय यादवलगायत हजÞारौ कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

सामूहिक बलात्कारपछि नेहाको हत्या भएको दाबी

सामूहिक बलात्कारपछि नेहाको हत्या भएको दाबी

पोखरा: नायिका योरुना पुन (नेहा) हत्याको अनुसन्धान फराकिलो पारि वैज्ञानिक रुपमा गरिनुपर्ने माग आफन्तले राखेका छन् ।
image
(फाइल फोटो)
पोखरामा बुधवार पत्रकार सम्मेलन गरि नेहाका आफन्तले घट्ना प्रकृति अनुसार नेहाको हत्यामा धेरैको संलग्नता हुन सक्ने बताउँदै अनुसन्धान फारकिलो बनाएर वैज्ञानिक अनुसन्धान गरि हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गरेका हुन् ।
सोमवार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरि नेहाको हत्यामा संलग्न भएको अभियोगमा सतिश भनिने कृतन खड्गीलाई सार्वजनिक गरेको थियो ।
घट्नाको प्रकृति हेर्दा नेहाको बलत्कार गरि अन्य धेरैको संलग्नतामा हत्या भएको हुन सक्ने बताउँदै घट्नाको वैज्ञानिकरुपमा अनुसन्धान गरि दोषीलाई कडा कारवाही गर्नुपर्ने माग आफन्तको छ ।
मृतकका मामा यमप्रसाद थजालीले हत्यामा धेरैको संलग्नता हुन सक्ने प्रशस्त आधार देखिए पनि प्रहरीले एक जनालाई मात्र सार्वजनिक गरेकोले घट्नाको गहिरो अनुसन्धान गरि दोषीलाई कडा कारवाही गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा पुन समाज नेपालका जिल्ला अध्यक्ष बलबहादुर पुनले घट्ना प्रकृित हेर्दा नेहाको सामूहिक बलत्कारपछि जघन्य हत्या भएको हुन सक्ने बताउँदै हत्याको वैज्ञानिक अनुसन्धानका लागि शान्तिपूर्ण दवावमुलक कार्यक्रम गरिने बताए ।
घट्नाले सम्पूर्ण पोखरेलीलाई झस्क्याएको बताउँदै उनले हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउन् भन्न प्रशासनलाई दवाव दिन बिहीवार शान्तिपूर्ण दवावमुलक ¥याली निकालिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान भइरहेकोले अनुसन्धानमा बाधा पुग्ने कार्यक्रम नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।
‘कोही पनि कानुन भन्दामाथि छैनन् । अनुसन्धान जारी छ’, प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले भने, ‘घट्नामा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइछाड्छौं ।’
– Source:annapurnapost.com

शुक्रबारदेखि पेट्रोल र डिजेल सहजै पाइने, दैनिक साढे ३ लाख लिटर वितरण हुँदै

२८ माघ, काठमाडौं । सरकारले शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल काठमाडौं उपत्यकाका सबै पेट्रोलपम्पहरुबाट वितरण गर्ने भएको छ ।
वीरगञ्ज नाका खुलेपछि बिहीबार पहिलोपटक आपूर्ति मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजल बाँड्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल र स्कूटरहरुलाई एकपटकमा भने ५ लिटरभन्दा बढी पेट्रोल दिइने छैन । यसैगरी चारपांग्रे गाडीहरुले एकपटकमा १५ लिटरभन्दा बढी पाउने छैनन् ।

Jyoti Magar taking off her singer story

Everything around is uncertain that people should prepare for any scenario. Really, really the only things certain around are taxes and dying. Either of individual’s situations will definitely happen in the course of a person's existence. While taxes is going to be found in each population, coloring will come as a robber indoors the evening.

Sickness and dying are frightening since it is. They become much more frightening when one has not prepared for this type of scenario. Due to this, why everybody is worthy of a life insurance coverage.

People should always plan their finances and achieving a life insurance coverage is a sure way of planning their finances. Acquiring a life insurance coverage is much like saving money for hard times since you will find life insurance coverage recommendations that provide for just about any cash value when the insurance policy just sits there up by the owner insured. Under this provision, the insured can withdraw or borrow from his insurance policy. Furthermore, this means planning money for hard times of individuals you want just in case something happens.

A life insurance coverage can advanced considerably in aiding family members who feel the dying of a relative. When the bread champion dies, these family members haven't any one to visit however when the bread champion features a life insurance coverage, then he is assured he leaves his family members with something to carry on until such time when they are already in a position to fending by themselves.

Anybody which has an earnings is worthy of a life insurance coverage not just in be the lifeline for family members. A life insurance coverage may take in the dying-related expenses in the deceased including expenses for your funeral too for probate of his will.

Lots of people aren't as lucky as others and they're going to not be capable of leave mansions and lands for his or her family members. Getting a life insurance coverage policy, a dad or mom can now leave a meager inheritance to his family members or devices.

Acquiring a life insurance coverage policy is important specifically for individuals who've family members, particularly very youthful children that are incompetent at working and take care of themselves. The amount of life insurance coverage a person is worthy of needs to be using the volume of family members he's and also on his needing to pay capacity.


A person considering acquiring a life insurance coverage policy could decide among several types of insurance-the term insurance as well as the whole life insurance coverage are great illustrations. A symbol insurance policy will be recompensed out through the insurance carrier following a dying in the insured. A whole life insurance coverage is much more complicated and involves plenty of provisions and benefits.


No matter which kind of insurance you ought to get, everybody should think about the risk of acquiring a life insurance coverage. This could assure them their loved ones people might be taken proper care of when they are forget about there to assist them

Nepal Telecom announces special Discount


Nepal Telecom announces special Discount


NTC new service Closed user GroupNepal Telecom has announced special Discount for all its service. On the occasion of its 12h anniversary NTC has offered various scheme with reduced price.
ServiceData PackageRate in Rs.ValidityBonus VolumeBonus Validity

GSM(Prepaid/Postpaid)
10 MB83 Days10 MB2 Days

50 MB3510 Days50  MB
200 MB1301 Month200 MB7 Days
500 MB3001 Month500 MB
1 GB5001 Month1 GB15 Days
3 GB12902 Month3 GB
5 GB18003 Month5 GB30 Days
10 GB28003 Month10 GB
CDMA (Prepaid/Postpaid)

40 MB153 Month40 MB2 Days
200 MB751 Month200 MB7 Days
500 MB1751 Month500 MB
1 GB3251 Month1 GB
3 GB8502 Month3 GB15 Days
5 GB11803 Month5 GB
10 GB18006 Month10 GB30 Days
- See more at: http://www.ejobsnepal.com/nepal-telecom-announces-special-discount/#sthash.tf6Y2jbI.dpuf

भ्यालेन्टाइन डेमा ‘क्लोज अप लभ फेस्ट’

माघ २८, २०७२- टुथपेस्ट ब्राण्ड क्लोज अपले भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीमा विशेष कार्यक्रम गर्ने भएको छ ।
युवा जोडी लक्षित कार्यक्रमको नाम 'क्लोज अप लभ फेस्ट' राखिएको छ ।
भ्यालेन्टाइन डेको अघिल्लो दिन शनिबार राजधानीको सिभिल मलमा सांगीतिक कार्यक्रमसँगै जोडीहरुको लागि विभिन्न खेल प्रतियोगिता राखिएको कम्पनीले जनाएको छ ।
दिनभर लाइभ ब्याण्ड, डिजे जोन, डान्स पफर्मेन्स जस्ता मनोरञ्जनात्मक कार्यक्रम हुने बताइएको छ ।
सिभिल मलमा एड्रियन प्रधान, नरेन लिम्बु, रोहित जोन क्षेत्रीआदिले गीत गाउँनेछन् । साथै, विभिन्न कलेजबाट छानिएका प्रतिभाहरुले पनि सँगै आफ्ना प्रस्तुति दिने क्लोजअपले जनाएको छ ।
लाइभ पफर्मेन्सबाहेक जोडीहरुलाई नचाउन डिजे जोन, मायाको भविष्यबाणीको लागि ट्यारो कार्ड रिडिङ्ग र आफ्नो माया व्यक्त गर्न लभ मेसेज दिने स्थान समेत व्यवस्था गरिएको छ ।
यो कार्यक्रममै क्लोज अप लभ मेसेज फेस्टको विजेता घोषणा पनि  हुनेछ । मेजेस फेस्टको उत्कृष्ट ५ ले सामसङ ग्यालेक्सी ट्याब प्राप्त गर्नेछन् ।


हत्यामा संलग्न ३ अभियुक्त हतियारसहित पक्राउ

माघ २८, २०७२- रुपन्देहीको सैनामैना–१० का ३४ वर्षे  खगेश्वर काफ्लेको हत्या गरी फरार भएका ३ जनालाई बुटवल प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट आठ राउण्ड गोलीसहित एकथान पेस्तोल र लु१५प १६१ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको छ । पक्राउ पर्नेमा सैनामैना–१० का २२ वर्षे अर्जुन भन्ने तुलसी घिमिरे, गुल्मी भुर्तुङ घर भई सैनामैना–१० बस्ने ३६ वर्षे खीमा गिरी र सोही स्थान बस्ने २३ वर्षे सन्दीप परीयार छन् । उनीहरुलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको छ ।
प्रहरी अनुसन्धान अनुसार खीमा गिरीले खगेश्वरसँगको व्यक्तिगत रिसिवीका कारण हत्याको योजना बनाएकी थिइन् । भारतीय बच्चु दाससँग बिहे गरेर एक छोरा जन्माएकी गिरी र पतिबीच सम्बन्धको विषयमा झगडा हँुदा मृतक खगेश्वरले महिला समूह र प्रहरी बोलाएर सहजीकरण गरेको गिरीलाई रीस उठेको थियो । यही रीसइवीका कारण उनैको योजनामा खीमाका साथी तथा अवैध सम्बन्ध कायम गरेका घिमिरे र परियारले माघ १९ गते साँझ ८ बजे खगेश्वलाई चिठी दिने बहानामा घरबाहिर बोलाएर छातीमा गोली हानी हत्या गरेका थिए ।
त्यसबखत घटनास्थलमा उनीहरुले तराईमुक्ति टाइगर्स लेखेका पर्चा छोडेका थिए । हत्यागरी फरार भएका परियार र घिमिरेलाई हेटौँडाबाट  पक्राउ गरेको थियो । खीमालाई भने घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका सबैले आफू घटनामा संलग्न भएको स्वीकार गरेका छन् ।
अभियुक्त मध्ये घिमिरे लागुऔषध दुरुपयोगको अपराधमा एक वर्ष जेल सजाय भोगेर फर्केका हुन् । अभियुक्तहरुलाई ज्यान मुद्धा अन्तरगत कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।

नेपाललाई पहिलो झड्का, राना २ रनमा अाउट

यु-१९ विश्वकप
नामिबिया विरुद्ध २२६ रनको लक्ष्य यछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। 
 
शंकर राना २ रन बनाएर आउट भए। 
 
नेपालले २ओभर २ बलमा १ विकेट गुमाएर ७ रन जोडेको छ। 
....
आइसीसी  यु-१९ विश्वकप क्रिकेटमा सातौं स्थानका लागि  भइरहेको खेलमा नामिबियाले नेपाललाई २२६ रनको चुनौति दिएको छ। 
 
  बंग्लादेशको फतुल्लाह क्रिकेट मैदानमा  टस जितेर व्याटिङ रोजेको नामिबियाले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाएर २२५ रन बनायो । नेपालका सन्दिप लामिछानेले  ३ विकेट लिए।   सुशील कँडेलले २ तथा सुनिल धमला र प्रेम तामाङले एक-एक विकेट लिए।
 
५० ओभरको खेललाई कुहिरोका कारण ४५ ओभरमा खेलाइएको हो। 
 
यसअघि  नेपाल र नामिविया अहिलेसम्म ३ पटक भिडेका छन्। जसमा नेपाल तीनै पटक विजयी भएको छ । सन् २००२ मा न्युजिल्याण्डमा भएको खेलमा नेपाल १९ रनले, सन् २००८ मा मलेसियामा भएको खेलमा नेपाल ३ रनले र सन् २०१२ मा अष्ट्रेलियामा भएको खेलमा नेपाल ३९ रनले विजयी भएको थियो ।
 
पाँचौ स्थानका लागि भएको सुपरलिग प्ले अफको सेमिफाइनलमा पराजित भएका दुई टोलिले सातौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका हुन्। प्ले अफको सेमिफाइनलमा नेपाल पाकिस्तानसँग र नामिबिया ईंग्ल्याण्डसँग पराजित भएका हुन्।

Wednesday, February 10, 2016

वीरगन्ज नाकाबाट १३९ ट्यांकर इन्धन भित्रियो

वीरगन्ज– रक्सौलस्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट वीरगन्ज नाका भएर साबिकको परिमाणमा इनधन भित्रिन थालेको छ।
वीरगन्ज नाकाबाट बुधबार १ सय ३७ वटा भर्ती ट्यांकर भित्रिएका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत शुशलिकुमार शर्माका अनुसार ८६ वटा डिजेलका, ३७ वटा पेट्रोलका, १४ वटा हवाई इन्धनका ट्यांकर र २ बुलेट खाना पकाउने ग्यास भित्रिएको छ।

योभनेको समान्य अवस्थामा यस नाकाबाट भित्रिने संख्या हो यो । यसअघि मंगलवार ५९ वटा डिजेलका, २१ वटा पेट्रोलका, १२ वटा हवाई इन्धनका र ३ वटा मट्टितेलका ट्यांकर मंगलवार भित्रिएका थिए । सोमाबर २४ ट्यांकर इन्धन र शुक्रबार २ वटा ग्यास बुलेट र एउटा डिजेल ट्यांकर भित्रिएको थियो । औसत एउटा ट्यांकरमा कम्तिमा १२ किलो लिटर अर्थात १२ हजार लिटर भित्रिने गरेकोले बुधबार आएको इन्धन कम्तिमा साढे १६ लाख लिटर भएको शर्माले बताए ।

नेपाल आयल निगमको वीरगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख अभिशेख ठाकुरका अनुसार बुधबार तेल भर्न र ट्यांकर भित्रिन कुनै समस्या छैन। उनले रक्सौल डिपोले इन्धन आपुर्ती सहज बनाउँदै लगेको बताएको छ। काठमाडौं, पोखरा, अमलेखगन्ज, जनकपुर, लगायतका ठाउँका लागि बुधबार इन्धन पठाइएको उनले जानकारी दिए। वीरगन्ज क्षेत्रको लागि भने इन्धन नभित्रिँदा स्थानीय इन्धन व्यवसायीहरुले ठाकुरप्रति रोष व्यक्त गरेका छन्।

आइओसी रक्सौलसँग आयातमा समन्यव गर्ने निगमको वीरगन्जस्थित कार्यालयले उचित पहल नगरेकोले यहाँका पेट्रोलपम्पले तेल नपाएको एक ब्यवसायीको गुनासो छ। ठाकुरले बिदा परेकोलेसमस्या भएको बताए। उनले केही दिनभित्र चारैतिर आपुर्ती सहज हुने बताए।

बेगनासतालमा विदेशी महिलाको शव

कास्कीको लेखनाथ नगरपालिकको बेगनासतालमा एक विदेशी महिलाको शव फेला परेको छ । 
आज तालमा अपरिचित विदेशी महिलाको शव तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३१ वर्ष उमेरकी ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
महिलाको साथबाट कुनै प्रकारको कागजात फेला नपरेकोले पहिचान हुन नसकेको बताइएको छ । शरीरमा चोटपटक नदेखिएका कारण ती महिलाको तालमा डबेर मृत्यु भएको अनुमान गरिएको छ । 
शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । रासस 

नेहाको सामुहिक बलात्कारपछि हत्या भएको आफन्तको आरोप


माघ १८ गते हत्या गरिएकी नेहा भन्ने योरुना पुनका आफ्न्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आशंका गरेका छन्। पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलत्कार पछि हत्या भएको बताएका छन्। नेहाका मामा यमप्रसाद थजाली पुनले नेहाको बलत्कारपछि हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गरेका छन्।
 
‘मृतकको पाइन्ट र पेन्टी खोलेको अवस्थामा भेटिएको थियो,’ नेहाका मामा यमप्रसाले भने, ‘यस्तो अवस्थामा भेटिनुले सामुहिक बलत्कारपछि हत्या भएको हुनुपर्छ।’ उनले घटनाको पूर्ण रुपमा छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरे। पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनाको पुर्ण रुपमा छानविन नभए कडा अन्दोलन गर्ने चेतावनी दिए। 
 
समाजले नेहाको पोष्ट मार्टम रिर्पोट सार्वजनीक गर्नु पर्ने, घटनाको सुष्म तवरले छानविन गर्नु पर्ने, अनुसन्धान पछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नु पर्ने, घटना स्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परिक्षण गर्नु पर्ने, माग राखेका छन्। विहिबार समाजको नेतृत्वमा शान्तिपूर्ण दवाब मुलक  र्याली निकाल्ने भएको छ।
 
र्याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, पृथ्वीचोक, सृजनाचोक हुदै जिल्ला प्रशासन कार्यालय अगाडी कोष सभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिए। 
कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्कीलाई पक्राउ गरेको छ। नेहाको १८ गते पोखरा १५ नयाँगाउँमा उनकै घर नजिक हत्या भएको थियो।

Nepali Gangnam Style Dance Video

Most Norwegian organizations have different respective concurrences with outside foundations of advanced education. These understandings are typically intended for the shared trade of understudies, specialists and educators. On the other hand, there are national projects that offer grants and different sorts of subsidizing for worldwide understudies wishing to think about in Norway. Certain limitations and requirements apply for every one of these projects. What's more, there are different stipends accessible offered by private and non-benefit associations.
Norway is turning into a famous study destination among worldwide understudies. An expanding number of Norwegian colleges and college schools are putting forth Bachelor's and Masters programs in English. It is one of only a handful few remaining nations on the planet where educational cost expense is free for everybody including universal understudies. The Norwegian Government likewise offers grant projects to take care of living expenses in Norway.
Educational cost Free Universities in Norway »

Studyinnorway.no says: Norwegian state colleges and state college schools when in doubt don't charge educational cost expenses for universal understudies. On the other hand, understudies should pay a semester charge of NOK 300-600 ($50-100) every semester. This is material for all levels, including undergrad studies, Masters projects and Ph.D. programs. Note that some state colleges and college schools may have educational cost charges for a couple particular projects. Regularly these projects are at the Masters level. 

Neha pun Magar Shooting Report

A man has been arrested on the charge of murdering Yaruna Pun, alias Neha Pun, a popular face in Magar cinemas. Kaski Police on Monday made public Kirtan Khadgi, 21, alias Satish, a resident of the same village of Pun, charging him with the murder of the Magar cine artist.The police informed that they had arrested the accused after a detailed investigation. Kaski Police SP hari Bahadur Pal said, “The cause of death is a blunt-force trauma to the victims head. It was learnt that Satish had murdered Pun after a detailed investigation.”SP Pal further informed that Satish in his statement had admitted to have killed Pun in a fit of rage after the latter abused him verbally and refused his proposal to stay in a lakeside hotel for a night. 

नाकाबन्दी खुलेपनि ग्यास सहजै नपाइने

GAS LINE (7)२७ माघ, काठमाडौं । वीरगञ्ज नाका खुलेपनि ग्यासको आयात बढ्न नसकेको नेपाल आयल निगमले जनाएको छ । यसैका कारण सहजरुपमा ग्यास कहिलेदेखि पाइन्छ भन्ने अनिश्चित भएको छ ।
भारतीय आयल कर्पोरेशन (आइओसी) ले अझै पूर्ववतः रुपमा ग्यास नदिएका कारण ग्यासको अभाव तत्काल सहज गर्न गाह्रो पर्ने निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए । घिमिरेका अनुसार आइओसीले रिफाइनरीबाट उत्पादन कम भएको भन्दै मागअनुसार ग्यास दिन मानिरहेको छैन ।
आयल निगमलाई पत्र पठाउँदै फेब्रुअरीमा पुरानै कोटा अनुसारको ग्यास दिने प्रतिवद्धता जनाएपनि लोडिङ त्यसअनुसार नदिइएको घिमिरेले बताए ।
वीरगञ्ज खुलेपछि ग्यास बुलेटलाई नेपाल छिर्न सहज भएपनि भारतबाट लोडिङ नै पर्याप्त नभएको आयल निगमको तर्क छ । मंगलबार पनि आईओसीले २५ बुलेट ग्यास दिएको थियो । सामान्य अबस्थामा भारतबाट ५५ देखि ६० बुलेटमा ग्यास लोड हुन्थ्यो ।
निगमसँग पनि छैन उत्तर
नाकाबन्दी जारी रहेको सय दिनसम्म मागको ११ प्रतिशत मात्रै ग्यास दिएको भारतले पछिल्ला दिनमा ३५ देखि ४५ प्रतिशत मात्रै लोड दिइरहेको छ ।
अहिले पनि भारतबाट मागको ५० प्रतिशत पनि लोड नभएकाले बजारमा ग्यास वितरण सहज गर्न नसकेको प्रवक्ता घिमिरेले बताए ।
अझै कहिलेसम्म ग्यास वितरण सहज हुन्छ भनेर निगमले भन्न सकेको छैन । आइओसीले ग्यासको लोडिङ नबढाएसम्म ग्यास सहज रुपमा पाउन उपभोक्तालाई कठिन हुने देखिएको छ ।
एक सातापछि सबै पम्पबाट तेल दिने बताएको नेपाल आयल निगमले ग्यासका लागि ‘टोकन नम्बर लिएर लाइनमा बस्ने दिन सकियो’ भन्न सकेको छैन ।

Tuesday, February 9, 2016

नेपालको सुख दुःखमा साथ दिन तयार छौंः भारतीय विदेशमन्त्री स्वराज

नेपालको सुख दुःखमा साथ दिन तयार छौंः भारतीय विदेशमन्त्री स्वराज



कांग्रेस सभापति सुशिल कोइरालाको निधनमा शोक व्यक्त गर्न काठमाडौं अाएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजसहितको भारतीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गरेको छ।
भारतीय विदेशमन्त्री स्वराज सहितको भारतीय प्रतिनिधि मण्डलले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी भेटवार्ता गरेको हो। झण्डै १५ मिनेट भएको भेटमा पूर्व प्रधानमन्त्री कोइरालाको निधन प्रति शोक ब्यक्त गर्दै भारतीय विदेशमन्त्री स्वराजले नेपालको सुख दुःखमा सधैँ साथ दिन तयाररहेको बताएकी थिइन्। भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारत नजिकको मित्रराष्ट्र भएको भन्दै दुःखको घडिमा साथ दिनुलाई सकारात्मक सहयोग र सद्भावका रुपमा लिएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए। 
भेटवार्तामा प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका बारेमा सामान्य चर्चा भएको बताइएको छ। भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोबाल, कांग्रेस आईका नेता आनन्द शर्मा, जनता दल यूनाइटेडका अध्यक्ष शरद यादव र भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी पनि सहभागी हुनुहुन्थ्यो। स्वाराज र डोबाल सहित भारतीय सांसद सहितको टोली आजै राति फर्किने कार्यक्रम छ।
 

सुशीलले भने, ‘ऊ प्लेन आयो’

सुशीलले भने, ‘ऊ प्लेन आयो’

 
२०३० साल जेठ २९ गते । वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेल, जसले विराटनगरबाट उडेको टुइनअटर विमानलाई कोसी ब्यारेजमाथिको आकाशबाट सिधै फर्काएर फारबिसगञ्जतिर पुर्याउँदै थिए। 
सुशील कोइराला फारबिसञ्जको एयरपोर्टमा विमान कुरेर बसिरहेका थिए। बिपी, गिरिजाप्रसाद सबैको योजनामा सम्पूर्ण तयारी सुशीलले गरेका थिए।
बिपी, गिरिजाप्रसाद प्रायः बनारस बस्थे । पञ्चायतविरुद्धको सशस्त्र संघर्ष थियो। सबै भूमिगतै थिए । विनोद अर्याल, जसलाई गिरिजाप्रसादले खुबै विश्वास गर्थे । उनी असल लडाकु पनि थिए पञ्चायतविरुद्धको संघर्षका बखत । 
हतियार किन्न कांग्रेसलाई पैसा चाहिएको थियो तर कहाँबाट जुटाउने भन्ने पक्ष महत्वपूर्ण थियो । अर्याललाई गिरिजाबाबुले भनेका थिए, ‘झापा, मोरङ, सुनसरीबाट कति पैसा जुटाउन सकिन्छ ?’
बैंकबाट पैसा लुट्ने योजना भित्रभित्रै बन्दै थियो । 
त्यो बेला पैसाको मेलोमेसोको सुइँको पाउने कमै थिए । तर भाइ मदन राष्ट्र बैंकको कर्मचारी भएका कारण विनोदलाई बेर नै लागेन। 
भोजपुरमा धेरै पैसा छ भन्ने कुरो आयो । विनोदले गिरिजाबाबुलाई त्यही सुनाए । तर गिरिजाले प्रसादले भने, ‘भोजपुरबाट "स्केप" हुन गाह्रो हुन्छ ।’ 
...
पैसा जुटाउने मामलामा योजना अगाडि बढ्दै नै थियो । विनोद विराटनगर, फारविसगञ्ज, नक्सलवाडी, दार्जीलिङ आवतजावत गरिरहन्थे । 
एक दिन । नक्सलवाडी अफिसमा थिए । गिरिजाबाबु राति १० बजेतिर त्यहीँ अचानक पुगे । 
‘पैसाको काम कत्ति गर्‍यौ?,’ गिरिजाबाबुले सोधे । 
‘हुँदैछ, मैले जानकारी लिइरहेको छु,’ विनोदले भने । 
‘हामीलाई चाहिएको एमाउन्ट भइसक्यो,’ गिरिजाबाबुले विस्तारै भने । 
विनोद तीनछक्क परे, किनकि जसलाई त्यो कामको जिम्मेवारी दिइएको थियो, ऊभन्दा गिरिजा प्रसाद एक कदम अगाडि रहेछन् । भित्रभित्रै प्लानिङ गरिरहेका रहेछन्। ‘भोक लाग्यो मलाई,’ त्यहीबेला गिरिजाबाबुले भने, ‘केही खानेकुरा पाइँदैन ?’ 
विनोद हत्तपत्त बाहिर निस्किए । चिनेजानेको भएका हुनाले त्यतै छेऊका एक जना बंगालीलाई दोकान खोल्न लगाएर खाजा खाए । 
‘लौ अब जाऊँ,’ गिरिजाले भने । कहाँ जाने के गर्ने भन्ने विनोदलाई थाहा थिएन, तर पैसाको व्यवस्था भयो भनेको हुनाले त्यही कामका लागि भन्ने बुझे । 
राति नै पूर्णिया आए, एकछिन त्यहाँ बसे । फेरि हिँडिहाले बनारस । 
भोलिपल्ट विहानै नुहाए । दुई तले घर थियो, बिपी दोस्रो तलामा बस्दा रहेछन् । 
बिपीले विनोदलाई डाके । गिरिजा तल्लो तलामा थिए । 
‘जाऊ, सान्दाजुले के सोध्नुहुन्छ भन्दिनू,’ निर्देशनात्मक तरिकाले गिरिजाले भने । 
त्यहीबेला गिरिजाबाबुले थोरै कुरा खुलाएका थिए । 
‘राष्ट्र बैंक विराटनगरमा एक करोड रुपैयाँ छ रे’ गिरिजाले भने, ‘तिम्रो भाइ मदन पनि इन्भल्ब छ ।’
गर्ने मान्छे तयार छ भने विनोदले इन्कार गरिरहन जरुरी ठानेनन् । 
‘ऊ तयार छ भने मैले भन्न केही छैन,’ विनोदले भने । 
‘सान्दाजुसँग त्यही किसिमले कुरा गर्नू,’ गिरिजाले भने । 
विनोद सरासर दोस्रो तलामा गए । बिपीले सामने बस्न भने । 
‘पैसाको के गर्यौं?,’ बिपीले छोटकरीमा सोधे । 
विनोदले अँ.. भन्दाभन्दै बिपी आफैंले भने, ‘रंगेलीमा पनि होला पैसा तर विराटनगर राष्ट्र बैंकलाई नै गर्ने हो ।’ 
...
गिरिजाबाबुले प्लेनको कुरा गरेकाले विनोदले हल्का छनक पाइसकेका रहेछन् । 
बिपीले सर्रर नाम सुनाए, दुर्गा, बसन्त र नगेन्द्र । 
‘अरुमाथि धेरै विश्वास छैन, बसन्तले चाहिँ एटेम्प्ट गर्छ,’ बिपीले भने, ‘दुर्गाले गर्छ कि गर्दैन ?’ 
काम गर्ने, तर पैसा एकै रुपैयाँ तलमाथि गर्न नहुने निर्देशन बिपीको थियो । एउटा चिनो पनि बाँकी नरहोस् भनेका थिए बिपीले । 
भोलिपल्टै बनारसबाट जोगबनी हिँडे । विराटनगरमा पैसा ‘काउन्टिङ’ हुँदैछ भन्ने जवाफ आयो । त्यस्तै ३५ लाख भारु पैसा रहेको पत्ता लाग्यो । 
विनोदले तुरुन्तै गिरिजालाई त्यो कुरा सुनाए । उनले जति छ त्यति नै गर्ने हो अहिले पैसा जसरी नि जुटाउनु छ भने । 
अब भने त्यो पैसा कसरी हात लगाउने भन्ने विषयमा रफ्तारमा योजना बन्न थाल्यो । 
‘टुइनअटर आउँछ कि ठूलो आउँछ पत्तो लगाउनू,’ गिरिजा प्रसादले भनेका थिए । 
विनोदको कमाण्डमा सुवेदी, ढुंगेल र भट्टराई खटिए । दिनैपिच्छे विराटनगर विमानस्थल धाउन थाले । 
राष्ट्र बैंकबाट कहिले पैसा जान्छ त्यही दिन तीन भाइ जाने सल्लाह थियो । त्यसैले दिनैपिच्छे टिकट सारिरहन्थे । त्यो क्रम ५/७ दिनै चल्यो । 
त्यहीबेला फेरि गिरिजाले विनोदलाई डाके । मनहरि बरालका सामने सुशीललाई औंल्याउँदै बिपीले विनोदलाई भने, ‘उसले जहाँ भन्छ त्यहीँ प्लेन उतार्ने हो।’ 
सुशीलले ठाउँ पत्ता लगाइसकेका रहेछन्, फारबिसगञ्ज । जहाँ कच्ची एयरपोर्ट थियो । 
राति त्यस्तै १० बजेको थियो होला । गिरिजाबाबुले भने, ‘तिमीहरू ठूलो मिसनमा जाँदैछौ, त्यसको इञ्चार्ज विनोद हो ।’
तर बिपीलाई भने कहाँ प्लेन उतार्ने भन्नेमा हल्का चिन्ता लागिरहेको रहेछ । 
उनले विनोदलाई भने, ‘फारबिसगञ्जमा भएन भने बंगलादेश हुन्छ कि दार्जीलिङ, खर्साङ जता भए नि हुन्छ ।’
‘सबै मेनेज भइसक्यो,’ विनोदले भने । 
कोहीकोही रक्सी पनि खान्थे । त्यो दिन कसैलाई पनि रक्सी नखान सचेत गराइएको थियो । भोलिपल्ट चक्र बाँस्तोला पटनाबाट आइपुगे, बिपीको कार लिएर। ब्रज सिंह (बिपीका साथीका भाइ), विनोद, सुशील एउटा गाडीमा, बिपी, गिरिजा अर्को गाडीमा । 
कांग्रेसको त्यो संघर्षका बेला भारतीय प्रहरीले पनि त्यतिधेरै चेकजाँच गर्दैनथ्यो । सबै जना फारबिसगञ्ज पुगे । त्यो कच्ची रनवेमा गाडी यताउति घुमाउन थाले । 
त्यहीबेला एयरपोर्टका इञ्चार्ज आएर हप्कीदप्की गरे । 
‘रन वेमा के गरेको ? यहाँ गाडी कुदाउन पाइँदैन,’ उनले भने । 
तर विनोदसहितको टिमले त्यसलाई सहजपूर्वक लिएर भने, ‘हामी गाडी सिक्न आएको ।’ 
एयरपोर्टकै कर्मचारीले हुँदैन भनेपछि गाडी साइड लगाए । प्लेनको प्रतिक्षा गरिरहेका होलान् भन्ने कसैले भेऊ पाएन । 
...
एक घन्टा कुरे । प्लेन आउने सुरसार छैन । 
पश्चिमतिरको आकाश हेरेर बसिरहेका थिए । केही समयपछि जहाज आउँदै गरेको विनोदले देखेछन् । तर पाइलटले एक चोटीमा ल्याण्ड गर्न सकेनन् । जहाज फर्कियो । 
अब भने शंका लाग्न थाल्यो । सबै आश्चर्यमा परे । 
‘मिसन फेल त भएन ?, कि कसैले चाल पायो ?,’ सबै गम्भीर भए । 
मनहरि बराललाई त्यतिबेलै सन्का छुटेछ । 
‘पैसा आउँदैछ, हाइज्याक गरेर आउँदैछ, सब तिमीहरू पागल भयौ, फँसिने भइयो,’ बरालले रिसाउँदै भने, ‘गिरिजा पनि पागल नै हो, तिमीहरू पनि पागल हौ ।’ 
बराल रिसाउँदै गनगनाइरहेका थिए । त्यहीबेला सुशील बोले । 
‘ऊ प्लेन आयो,’ सुशीलले भने । 
विनोदले कमिज फुकाले । दाहिने हातले कमिज फहराए । 
केही बेर नकट्दै पाइलटले ल्याण्ड गरे । पंखा घुमिरहेको थियो । जहाज रोकिएको थिएन । भित्र तीनै जनाले पाइलटलाई जता लान्छौं त्यतै हिँड्न भनेर पहिले नै आफ्नो कब्जामा लिइसकेका थिए, त्यहीबमोजिम निर्देशन गरिरहेका थिए । 
उनीहरूको योजना थियो, ‘पैसा निकाल्नेवित्तिकै प्लेन हिँडोस् ।’ त्यसैले इञ्जिन बन्द गरिरहन जरुरी थिएन । 
सिँढी थिएन । त्यसैले अग्लो मान्छे भित्र छिर्न चाहिएको थियो । 
विनोदले मनहरिलाई अह्राए, ‘तिमी जाऊ ।’ 
मनहरि अगाडि बढे । ठिक त्यतिबेलै प्लेनको ढोका खुल्यो । मनहरि चढे । 
तीन वटा बक्सा थिए, दस–दस लाख रुपैयाँ भारु पैसाका । 
सबै अलर्ट भए । प्लेनमा रहेका तीनै जना र मनहरि मिलेर पैसा झारे । 
यात्रुहरू रोइकराइ गरिरहेका थिए, किनकि कोसी ब्यारेज माथिको आकाशमै ‘प्लेन हाइज्याक्ड’ भनिसकेका थिए । 
‘तपाईंहरूलाई केही हुँदैन, यो प्लेन तुरुन्तै विराटनगर कि काठमाडौं गइहाल्छ,’ अपहरणकारीहरूले सम्झाइरहेका पनि थिए । 
...
दस मिनेटभन्दा बढी समय बस्न अफ्ठेरो थियो । किनकि त्यहाँको पुलिस स्टेशनबाट पहरी आउन त्यति नै मिनेट लाग्थ्यो । यदि प्रहरी आएर समाएको भए सबै जना जेल पर्थे, न पैसा हात लाग्थ्यो न पञ्चायतविरुद्धको संघर्ष नै अघि बढ्थ्यो । 
तीन वटा जीप तयारी अवस्थामा थिए । सबै जना मिलेर एक–एक वटा बक्सा जीपमा हाले । त्यसपछि सिधै फारबिसगञ्ज गए । 
सरकारी छाप लागेका थिए बाकसमा । भारतीय प्रहरीले चेकजाँच गर्दा त्यो खुल्छ भनेर बाकस चाहिँ फारबिसगञ्जको नहरमै फाल्दिए, बोरा बोरामा पैसा हाले । 
कता भाग्ने भन्ने थाहा थिएन । 
त्यहीबेला गिरिजाबाबुले भने, ‘दार्जीलिङतिर लाग्ने हो ।’ 
गाडीलाई तीव्र रफ्तारमा दौडाउन भनिएको थियो । कम्तीमा ११० को स्पीड होस् । चालकले त्यही किसिमले गाडी दौडाएका थिए । बागडोग्रा पुगे । त्यहाँ गाडीमा तेल हाले । दुर्गा सुवेदी बिपीको साथीका भाइको गाडीमा हिँडे । 
विनोद, नगेन्द्र, वसन्त सिधै दार्जीलिङ हानिए । जहाँ चक्रप्रसाद बाँस्तोला बस्थे । त्यो दस लाख त्यहीँ फटाफट निकाले । 
...
पञ्चायतविरुद्धको सशस्त्र संघर्षका बखत सुशील कोइराला धेरै भारत बसे । उनले लामो समय जेलजीवन पनि बिताए । भारतमै अध्ययन गरे । कांग्रेसको बहुचर्चित ‘प्लेन हाइज्याक’ काण्डका एक व्यक्ति कोइराला पनि हुन्, उनले विमान उतार्नेदेखि लिएर हरेक ठाउँको योजना बनाएका थिए । 
‘उहाँले नै हो लोकसन पत्ता लगाउनुभएको,’ प्लेन हाइज्याक काण्डकै अर्का व्यक्ति दुर्गा सुवेदी भन्छन्, ‘विनोद अर्याल इञ्चार्ज हुनुहुन्थ्यो, त्यो योजनाको सम्पूर्ण तयारी सुशीलजीले गर्नुभएको हो ।’