Thursday, February 11, 2016

मधेसी जनजातीले अधिकार नपाएसम्म आन्दोलन जारीः यादव

मधेसी जनजातीले अधिकार नपाएसम्म आन्दोलन जारीः यादव

yadavवीरगन्ज, २७ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट भिषण आन्दोलनको त्यारी भइरहेका बताएका छन् ।
बुधबार पार्टीले बाराको देवापुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा नेता यादवले यस्तो चेतावनी दिएका हुन् । उनले दुइसय बर्षदेखि शोषित रहेका मधेसी तथा पहाड हिमालका जनजातीले अधिकार नपाउनजेलसम्म आफुहरूको आन्दोलन चलीरहने बताए । नेता यादवले भने, ‘आन्दोलन तुहयो भनेर शासकहरू रमाइ रहेका छन्, तर आउने समयमा मधेसमा मात्र होइन पहाडबाट पनि आन्दोनलको आधी आउदै छ ।’
आन्दोलन समाप्त नभएको बताउदै उनले स्वरूप मात्र परिवर्तन भएको बताए । मधेस आन्दोलनले शासकहरूको डाढ भाची सकेको र अब ढलने मात्र बाकी रहेको बताउदै नेता यादवले भने, ‘शुसिल कोइराला जानु भयो तर मधेसको अधिकार खोसेर, अब अर्काको पनि पालो छ । तर हाम्रो आन्दोलन जारी रहने छ ।’ उनले मधेसमा मधेसी र केन्द्रमाको शासनमा पनि आधीको हिसेदारीको लागी आफुहरूको आन्दोनल जारी रहेको बताए । ३कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष लालबाबु राउत गदी, केन्द्रिय सदस्य करिमा बेगम, प्रमोद गुप्ता, राजकिशोर यादव, रामबाबु यादव, बिरेन्द्र यादव, बच्चा यादव, बबन सिंह, राजकिशोर यादव, बालकिसोर यादव, बाराका जिल्ला अधयक्ष रामबाबु यादव र पर्साका अध्यक्ष प्रदीप यादव लगायतका नेताहरूले पार्टी प्रवेश गरकाहरूलाइ स्वागत गर्दै आन्दोलनलाइ अझ शसक्त बनाइने कुरामा जोड दिएका थिए ।
बारा जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा बारा जिल्ला बिकास समितिका पूर्व सभापति प्रयाग राय यादवलगायत हजÞारौ कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

No comments:

Post a Comment