नेपालको सुख दुःखमा साथ दिन तयार छौंः भारतीय विदेशमन्त्री स्वराज
कांग्रेस सभापति सुशिल कोइरालाको निधनमा शोक व्यक्त गर्न काठमाडौं अाएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजसहितको भारतीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गरेको छ।
भारतीय विदेशमन्त्री स्वराज सहितको भारतीय प्रतिनिधि मण्डलले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी भेटवार्ता गरेको हो। झण्डै १५ मिनेट भएको भेटमा पूर्व प्रधानमन्त्री कोइरालाको निधन प्रति शोक ब्यक्त गर्दै भारतीय विदेशमन्त्री स्वराजले नेपालको सुख दुःखमा सधैँ साथ दिन तयाररहेको बताएकी थिइन्। भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारत नजिकको मित्रराष्ट्र भएको भन्दै दुःखको घडिमा साथ दिनुलाई सकारात्मक सहयोग र सद्भावका रुपमा लिएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए।
भेटवार्तामा प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका बारेमा सामान्य चर्चा भएको बताइएको छ। भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोबाल, कांग्रेस आईका नेता आनन्द शर्मा, जनता दल यूनाइटेडका अध्यक्ष शरद यादव र भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी पनि सहभागी हुनुहुन्थ्यो। स्वाराज र डोबाल सहित भारतीय सांसद सहितको टोली आजै राति फर्किने कार्यक्रम छ।
No comments:
Post a Comment