माघ २८, २०७२- रुपन्देहीको सैनामैना–१० का ३४ वर्षे खगेश्वर काफ्लेको हत्या गरी फरार भएका ३ जनालाई बुटवल प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट आठ राउण्ड गोलीसहित एकथान पेस्तोल र लु१५प १६१ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको छ । पक्राउ पर्नेमा सैनामैना–१० का २२ वर्षे अर्जुन भन्ने तुलसी घिमिरे, गुल्मी भुर्तुङ घर भई सैनामैना–१० बस्ने ३६ वर्षे खीमा गिरी र सोही स्थान बस्ने २३ वर्षे सन्दीप परीयार छन् । उनीहरुलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको छ ।
प्रहरी अनुसन्धान अनुसार खीमा गिरीले खगेश्वरसँगको व्यक्तिगत रिसिवीका कारण हत्याको योजना बनाएकी थिइन् । भारतीय बच्चु दाससँग बिहे गरेर एक छोरा जन्माएकी गिरी र पतिबीच सम्बन्धको विषयमा झगडा हँुदा मृतक खगेश्वरले महिला समूह र प्रहरी बोलाएर सहजीकरण गरेको गिरीलाई रीस उठेको थियो । यही रीसइवीका कारण उनैको योजनामा खीमाका साथी तथा अवैध सम्बन्ध कायम गरेका घिमिरे र परियारले माघ १९ गते साँझ ८ बजे खगेश्वलाई चिठी दिने बहानामा घरबाहिर बोलाएर छातीमा गोली हानी हत्या गरेका थिए ।
त्यसबखत घटनास्थलमा उनीहरुले तराईमुक्ति टाइगर्स लेखेका पर्चा छोडेका थिए । हत्यागरी फरार भएका परियार र घिमिरेलाई हेटौँडाबाट पक्राउ गरेको थियो । खीमालाई भने घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका सबैले आफू घटनामा संलग्न भएको स्वीकार गरेका छन् ।
अभियुक्त मध्ये घिमिरे लागुऔषध दुरुपयोगको अपराधमा एक वर्ष जेल सजाय भोगेर फर्केका हुन् । अभियुक्तहरुलाई ज्यान मुद्धा अन्तरगत कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।

No comments:
Post a Comment