Monday, February 8, 2016

योरुना हत्या प्रकरणः रातभर सँगै बस्न नमान्दा हत्या

योरुना हत्याका अभियुक्त कृतन खड्की। तस्विर सौजन्यः त्रिभुवन पाैडेल
योरुना हत्याका अभियुक्त कृतन खड्की। तस्विर सौजन्यः त्रिभुवन पाैडेल
पोखरा— नयाँगाउँकी युवती योरुना (नेहा) पुन, १८, को हत्यामा संलग्न युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पोखरा–९ नयाँबजारका कृतन खड्की (सतिश),२१, लाई प्रहरीले पक्राउ गरेको हो।
पुनको शव अघिल्लो मंगलबार बिहान नयाँगाँउमा फेला परेको थियो । न्यूरोडको एक रेस्टुरेन्टमा काम गर्ने पुनको हत्या आफुले गरेको पक्राउ परेका खड्कीले प्रहरीसमक्ष स्वीकारेको कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले बताए। अनुसन्धान गर्दै जाँदा प्रहरीले केहीदिन अघि नै खड्कीलाई पक्राउ गरेको थियो।
12715471 833667476759027 6857996869942426408 n
                            मृतक योरुना पुन (नेहा)
प्रहरीका अनुसार खड्गीले अघिल्लो सोमबार राती योरुना सहितका साथीहरुसँग भेला गरी एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरेका थिए। मादकपदार्थ सेवनपछि खड्कीले राती ९ बजेतिर योरुनालाई घर पुर्याउने भन्दै मोटरसाइकलमा लिएर गएका थिए। घर पुर्याउन जाने क्रममा खड्कीले योरुनालाई लेकसाइडको होटलमा बसेर 'रमाइलो' गर्ने प्रस्ताव गरेको र त्यही प्रस्ताव नमान्दा हत्या गरेको खुलेको एसपी पालले बताए।

'लेकसाइडमा बसेर रमाइलो गरौं भन्ने खड्कीको प्रस्ताव योरुनाले अस्वीकार गर्दा भनाभन भएपछि कृतनले हेलमेटले प्रहार गरेको खुलेको छ,' एसपी पालले भने, 'यौनसम्पर्कको प्रस्ताव नमान्दा युवायुवतीबीच भनाभन भएको र त्यहीक्रममा कृतनले हेलमेटले हानेको रहेछ।' आफ्नो प्रस्ताव योरुनाले अस्वीकार गर्दै आफुलाई गालिगलौज गरेपछि रिस थाम्न नसकेर हेलमेटले प्रहार गर्दा ज्यान गएको बयान प्रहरीलाइ दिएको एसपी पालले बताए ।

हत्यामा खड्की बाहेक अहिलेसम्म अरु कोही संलग्न नभेटेको उनले बताए । 'हाम्रो अनुसन्धान जारी छ । तैपनि खड्कीले नै हत्या गरेको स्वीकार गरिसकेका छन्,' एसपी पालले भने, 'खड्कीविरुद्ध अब कर्तब्य ज्यान मुद्दा चल्छ ।'

No comments:

Post a Comment