Friday, February 12, 2016

भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा

2015-03-26-17-13-52-australia-win.jpg
विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको छ। अस्ट्रेलियाको ३२९ रन पछ्याएको भारत ४६।५ ओभरमा अल आउट हुँदै २३३ रनमा समेटिएको छ।




यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२८ रन बनाएको थियो।


चार पटक विश्व च्याम्पियन अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक १०५ रन बनाए। भारतका लागि उमेश यादवले ४ विकेट लिए।


अब उपाधिका लागि अष्ट्रेलियाले आइतबार हुने फाइनलमा अर्को घरेलु टोली न्यूजिल्याण्डको सामना गर्नेछ।

No comments:

Post a Comment